Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

थ्रि स्टार हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमतिे

थ्रि स्टार हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमतिे


  • 5.4K
    Shares

    थ्रि स्टार हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमतिे
    images

    काठमाडौं । थ्रि स्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

    कम्पनीले १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि साउन १७ गते बार्डसँग अनुमति मागेको हो ।

    विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

    धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका र दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । उक्त कम्पनीले खोटाङमा ७.१५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

    प्रकाशित मिति :श्रावण २६ २०७८ मंगलवार - ११:२९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij