Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

थ्रि स्टार हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमतिे

थ्रि स्टार हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमतिे


  • 5.4K
    Shares

    थ्रि स्टार हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमतिे

    काठमाडौं । थ्रि स्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

    कम्पनीले १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि साउन १७ गते बार्डसँग अनुमति मागेको हो ।

    विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

    धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका र दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । उक्त कम्पनीले खोटाङमा ७.१५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

    प्रकाशित मिति :श्रावण २६ २०७८ मंगलवार - ११:२९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij