२०८२ भाद्र १ गते आइतवार
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले २०२२ वुमन्स वन डे वर्ल्डकप तालिका सार्वजनिक गरेको छ । २०२२ मार्च ४ देखि अप्रिल ३ सम्म हुने महिला एकदिवसीय विश्वकपममा ८ टोली सहभागी हुनेछन् ।
न्युजिल्यान्डमा हुने विश्वकपअन्तर्गत ३१ दिनमा ३१ खेल खेलिनेछ । पहिलो खेल मार्च ४ मा पाहुना टोली र क्वालिफायर टिमबीच खेलिनेछ र फाइनल खेल अप्रिल ३ मा हुनेछ । विश्व च्याम्पियन इंग्ल्यान्ड मार्च ५ मा अष्ट्रेलियाविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ ।
यस्तै २०१७ विश्वकपको रनरअप भारतले मार्च ६ मा क्वालिफायर टिमसँग खेल्नेछ । २०२२ एकदिवसीय विश्वकपका लागि ३ टिम क्वालिफाइङ राउन्डबाट चुनिनेछ। क्वालिफायर आगामी जुन २६ देखि जुलाई १० सम्म श्रीलंकामा हुनेछ ।
२०२१ को फेब्रुअरीदेखि मार्चमा हुनुपर्ने विश्वकप कोरोना महामारीका कारण २०२२ सम्म लागि स्थगित गरिएको छ । २०२२ को महिला विश्वकपका अलावा इंग्ल्यान्डमा हुने कमनवेल्थ गेम्समा महिला क्रिकेटलाई सहभागी गराइएको छ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij