Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आफ्नो स्थापना १० वर्ष पुगेको अवसरमा विश्व नेवाः संगठनले ‘विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिता' आयोजना गर्दैै

आफ्नो स्थापना १० वर्ष पुगेको अवसरमा विश्व नेवाः संगठनले ‘विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिता' आयोजना गर्दैै


  • 7.6K
    Shares

    आफ्नो स्थापना १० वर्ष पुगेको अवसरमा विश्व नेवाः संगठनले ‘विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिता' आयोजना गर्दैै

     विश्व नेवाः संगठनले ‘विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिता’ सम्पन्न गर्ने भएको छ । संगठन १० वर्ष पुगेको अवसरमा यस्तो कार्यक्रम गर्न लागिएको जानकारी हाजिरी जवाफ प्रतियोगिताका सह संयोजक उदेन न्हूसाय्मिले दिए । यही आउने साउन ५ गते संगठन ९ वर्ष पुरा गरी १० वर्षमा प्रेश गर्दैछ । 

    जूम अनलाइनको माध्यमबाट हुन गइरहेको यस प्रतियोगितामा नेपाल लगायत विश्वका हरेक देशका १२ कक्षा (१८ वर्ष) सम्मका विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् । यस प्रतियोगितमा भाग लिन ३ जना प्रतियोगिको एक समूह हुनुपर्नेछ । प्रत्येक टोलीमा एक जना छात्राको सहभागीता अनिवार्य हुनु पर्नेछ ।

    नेवाः समुदाय मात्र नभई नेपालभाषा बोल्न जान्ने वा नेवाः सम्बन्धी जानकारी राख्नु हुने जुनसुकै समुदायका विद्यार्थी पनि सहभागी हुन सक्नेछ । प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीले विश्व नेवाः संगठन (World Newah Organization) को वेबसाइट https://www.worldnewah.org मा गएर यही आउने साउन १६ गते जुलाई ३१ तारिख सम्ममा फाराम भरिसक्नु पर्नेछ । प्रतियोगितामा सहभागी हुन निश्चित शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ । नेपालबाट सहभागी हुने टोलीको लागि प्रति टोली रु १,०००/– (एक हजार मात्र) र विदेशी सहभागीहरुको लागि २५ अमेरिकी डलर शुल्क तिर्नु पर्नेछ । प्रतियोगितामा जम्मा ३२ टोलीलाई मात्र सहभागी गराईनेछ । सहभागी टोलीलाई समूह विभाजन गरि प्रत्येक समूहमा चारचार वटा टोली संलग्न गराईनेछ ।

    प्रारम्भिक चरणमा प्रत्येक समूहबाट उत्कृष्ट दुई टोली अर्को चरण प्रवेश गराईनेछ । दोश्रो चरणमा उत्कृष्ट एक टोली तेश्रो चरणमा पुग्नेछ । तेश्रो चरणमा उत्कृष्ट टोली सिधै अन्तिम चरण (फाइनल)मा पुग्नेछ । अन्तिम चरण पहिलो, दोश्रो, तेश्रो र सान्त्वनालाई क्रमशः ६००, ४००, ३०० र १५० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ । साथै समूह चरणमा उत्कृष्ट हुनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

    यस हलिं नेवाः न्ह्यसः लिसः कासा ÷ विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गर्न विश्व नेवाः संगठन अन्तर्गत एक आयोजक समिति पनि गठन गरिएको छ । 

    आयोजक समितिको संयोजकमा विमलमान श्रेष्ठ (क्यानाडा)  रहनु भएको छ भने सह संयोजकमा संयुक्त श्रेष्ठ (बेलायत) र दीपेशमान शाक्य (आयरल्याण्ड) रहनु भएको छ ।

    पन्ध्र सदस्यीय मूल आयोजक समितिमा केशरमान ताम्राकार (अमेरिका), कृष्ण चखुं (बेलायत), उत्तम माकजु (क्यानाडा), भुषणलाल श्रेष्ठ (अमेरिका), नरेश ताम्राकार (क्यानाडा), रश्मिला प्रजापति (नेपाल), शाक्य सुरेन (नेपाल) शोभित शाक्य (इस्टोनिया), रजनी श्रेष्ठ (बेल्जियम), समन्त वज्राचार्य (अमेरिका), कमल श्रेष्ठ (न्युजिल्याण्ड),  उदेन न्हूसाय्मि (नेपाल) सदस्य रहनु भएको छ ।

    यसै गरी प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति पनि गठन गरिएको छ । दया शाक्य (अमेरिका)को संयोजकत्वमा योग्यता र निर्णायक कमिटी, केशरमान ताम्राकार (अमेरिका)या संयोजकत्वमा प्रश्नावली निर्माण कमिटी, संयुक्त श्रेष्ठ (बेलायत)को संयोजकत्वमा  प्रतियोगिता प्रविधि कमिटी, भूषणलाल श्रेष्ठ (अमेरिकाको संयोजकत्वमा अर्थ व्यवस्थापन समिति, रश्मिला प्रजापति संयोजक र उदेन न्हूसाय्मि  (नेपाल) सह संयोजक रहनु भएको प्रचारप्रसार कमिटी गठन गरिएको छ । यसका साथै सामाजिक संजाल संयोजकका रुपमा सुश्री लालिमा श्रेष्ठ, आशुतोष बाराही व पुजल वज्राचार्य रहनुभएको छ भने सल्लाहकारमा डब्लुएनओका अध्यक्ष सिजन श्रेष्ठ, संरक्षक दया शाक्य र नारायण राजभण्डारी रहनु भएको छ ।

    यस बाहेक मूल आयोजक समितिमा अमेरिका, क्यानाडा, बेलायत, आयरल्याण्ड, बेल्जियम, इस्टोनिया व न्यूजिल्याण्ड लगायतका देशहरुबाट पनि प्रतिनिधि रहेको छ ।

    विश्वका हरेक कुनाकाप्चामा छरिएर रहेका नेवाः समुदायलाई एक ढिक्का बनाइराख्ने उद्देश्यले आजभन्दा दश वर्ष अगाडि विश्व नेवाः संगठन (वल्र्ड नेवाः अर्गनाइजेसन)को स्थापना भएको हो ।

    स्मरणीय छ, नेपालका विविध जात, जाति, समुदायमध्ये आफ्नै अलग पहिचान बोकेको जाति हो नेवाः । नेपाल देशको नै परिचय बोकेको जातिको रुपमा रहेको नेवाः समुदाय आज विश्वका हरेक देशमा छरिएर रहेका छन् । आफ्नो पेशा, व्यापार व्यवसाय, नोकरी र अध्ययनको क्रममा विश्वका हरेक देशमा रहेर पनि आफ्नो पहिचान, भाषा, कला, संस्कृति साहित्य, जात्रापर्व मनाउँदै यसको संरक्षण, प्रवद्र्धन गर्नुका साथै विश्वमा यसलाई परिचित गराई पर्यटन क्षेत्रलाई समेट टेवा दिंदै आइरहेको छ । 

    प्रकाशित मिति :आषाढ २४ २०७८ बिहिवार - ०८:०४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij