Logo

२०८२ फाल्गुण २५ गते सोमवार

२०८२ फाल्गुण २५ गते सोमवार

८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ?

८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ?


  • 232
    Shares

    ८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ?

    काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ ८ निर्वाचन क्षेत्रको मतगणना बाँकी रहेको जनाएको छ ।

    आयोगका अनुसार, संखुवासभा, इलाम १, अछाम २, बाजुरा, गोरखा १ र २, तथा धनुषा १ र २ मा मात्रै समानुपातिकको मत गणना शुरु हुन बाँकी रहेको हो ।

    अहिलेसम्म धनुषा ३, महोत्तरी १, सर्लाही २, बारा १, २, ३ र ४, रौतहट १, पर्सा १, २ र ४ को मतगणना सकिएको छ ।

    यस्तै, रसुवा, सिन्धुली १ र २, दोलखाको मतगणना सकिएको छ । यस्तै, कञ्चनपुर १, २ र ३, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, कैलाली १मा मतगणना सकिएको छ । यस्तै, ताप्लेजुङ, धनकुटा, झापा ३, मोरङ २,३,४ र ६, सुनसरी ३, तेह्रथुम, उदयपुर २ को पनि मतगणना सकिएको छ ।

    यस्तै, गुल्मी १, रोल्पा, रुकुम पश्चिम, बाँके १, २ र३, अर्घाखाँची, कपिलवस्तु २, दाङ २ र ३, पर्वत, तनहुँ, कास्की, लमजुङ, नवलपरासी पूर्व १ र २, मुस्ताङ, म्यादी, स्याङ्जा १, मनाङ, बाग्लुङ, काठमाडौँ १ देखि १०का सबै, भक्तपुर १ र २, ललितपुर १ र ३ मा पनि मतगणना सकिएको छ ।

    बाँकी क्षेत्रको मतगणना जारी छ ।

    प्रकाशित मिति :फाल्गुण २५ २०८२ सोमवार - १०:३२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij