Logo

२०८२ फाल्गुण २५ गते सोमवार

२०८२ फाल्गुण २५ गते सोमवार

मतगणना नसकिँदै सुदन गुरुङ विजयी

मतगणना नसकिँदै सुदन गुरुङ विजयी


  • 687
    Shares

    मतगणना नसकिँदै सुदन गुरुङ विजयी

    काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङको जित निश्चित भएको छ । ६४ हजार मत खसेको उक्त क्षेत्रमा ५३ हजार बढी  मतगणना हुँदा सुदन गुरुङले  २४ हजार ५१ मत ल्याएका छन् । 

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले १३ हजार ५११ मत मात्रै ल्याएका छन् । अब गन्न बाँकी १० हजार ५ सय भन्दा कम भएकोले सुदनको अग्रता १० हजार ५ सय भन्दा बढि रहेको छ । 

    त्यसकारण अब बाँकी सबै मत उनका निकटतम प्रतिद्वन्द्वी खत्रीलाई जाँदा पनि सुदनले जित्नेछन् । गोरखा १ मा तेस्रो स्थानमा नेकपाका हरिराज अधिकारी छन्, उनले १० हजार २३१ मत ल्याएका छन् भने चौथो स्थानमा रहेका नेकपा एमालेका आरसी लामिछानेले ३ हजार ८० मत ल्याएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २५ २०८२ सोमवार - ११:०९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij