Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

बाहिर-बाहिर माधव नेपाललाई तर्साए जस्तो गर्ने ओली भित्र-भित्रै किन उनै नेपाल संग डराउँछन् ?

बाहिर-बाहिर माधव नेपाललाई तर्साए जस्तो गर्ने ओली भित्र-भित्रै किन उनै नेपाल संग डराउँछन् ?


  • 7.1K
    Shares

    बाहिर-बाहिर माधव नेपाललाई तर्साए जस्तो गर्ने ओली भित्र-भित्रै किन उनै नेपाल संग डराउँछन् ?

    विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिए माधवकुमार नेपाल पक्ष एमालेमा नरहने चेतावनी दिइरहेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकताका लागि दूतहरु खटाउन भने रोकेका छैनन् ।

    पछिल्ला आफू पक्षीय बैठकहरुबाट हस्ताक्षर फिर्ता नलिए नेपाल पक्ष एमाले रहन नसक्ने, पार्टी फुटको घोषणा हुने जस्ता चेतावनी दिइरहेका ओलीले आइतबार बिहान आफ्ना दूतहरु सुवास नेम्वाङ, शंकर पोखरेल र विष्णु पौडेललाई नेपाललाई फकाउन उनकै निवास कोटेश्वर पठाएका हुन् ।

    नेम्वाङ, पोखरेल र पौडेलले नेपाल र उनी पक्षधर नेता घनश्याम भुसालसँग करिव एक घण्टा छलफल गरेका छन् ।

    तर नेपालले आफ्नो समूहले ओलीले दिएको निर्देशन अनुसार हस्ताक्षर फिर्ता गर्न सम्भावना नरहेको अडान नेम्वाङ, पोखरेल र पौडेलसमक्ष दोहोर्‍याएका छन् ।

    नेम्वाङ, पोखरेल र पौडेलले भने हस्ताक्षर फिर्ता लिए पार्टी एकता सम्भव भएको ओलीको अडान सुनाएका थिए।

    नेपाल पक्षका जगन्नथान खतिवडाले अब जुनसुकै र जतिसुकै गहिराईका छलफल र वार्ता भएपनि सर्वोच्च अदालतको आदेश प्रभावित गर्ने गरी कुनै पनि सहमति नहुने बताए।

    २०३ सदस्यीय निर्वाचित कमिटि र त्यसले मनोनित १० प्रतिशत सदस्यबाहेक अरुलाई स्वीकार गर्न नसकिने अडान दोहोर्‍याए।

    ओलीले हस्ताक्षर फिर्ताका लागि नेपाल पक्षलाई सोमबार साँझ ५ बजेसम्मको अल्टिमेटम दिएका छन्।

    नेपालले आफू पक्षीय नेताहरुसँग हस्ताक्षर फिर्ता गर्नु भनेको मृत्युपत्रमा हस्ताक्षर गर्नु जस्तै भएको अभिव्यक्ति दिएका छन्।

    शनिबारदेखि एकताका लागि नेपाल पक्षकातर्फबाट खटिएका नेताहरु पनि निराश छन्।

    उनीहरुले ओलीलाई पछिल्ला दुईवटा बैठकहरु स्थगित गर्न ओलीलाई र उनी पक्षधर नेताहरुलाई भेटेर आग्रह गरेका थिए। तर आफूहरुको आग्रहसमेत उल्लंघन गरेपछि ओलीप्रति उनीहरु असन्तुष्ट भएका छन्।

    ओलीले एकातिर देशव्यापी रुपमा आफ्नो पुत्ला जलाउन लगाएको, अर्कोतिर दुईजना नेता वार्ताका लागि खटाएको आरोप नेपालमाथि लगाएका छन्।

    प्रकाशित मिति :आषाढ २० २०७८ आइतवार - ११:४४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij