Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

युवराज सफल पक्राउ

युवराज सफल पक्राउ


  • 1.3K
    Shares

    • images
    युवराज सफल पक्राउ

    काठमाडौं । आफूलाई सामाजिक अभियान्ता भन्न रुचाउने युवराज सफल पक्राउ परेका छन्। सामाजिक सञ्जालमा तथ्यहीन सामग्री पोस्ट गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सफलले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताबारे विभिन्न मिडिया र सामाजिक सञ्जालमा अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी झूटो भिडिओ बनाएको साथै अन्तर्वाता दिएको पाइएको र दिएका अन्तर्वार्तामा झूटा आरोप लगाएको बताएका छन् ।

    उनलाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान सुरू गरिएको प्रहरी प्रवक्ता  भट्टराई बताएका छन् ।

    महान्यायधिवक्ता र कार्यालयलाई लक्षित गरी अभिव्यक्ति दिएपछि माघ ८ गते महान्यायाधिवक्ताको कार्यालयले उनीमाथि आवश्यक कानुनी कारबाही गरिदिन भन्दै प्रहरीलाई पत्र पठाएको थियो ।

     

    प्रकाशित मिति :माघ १३ २०८२ मंगलवार - १७:४४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij