Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

७७ जना अधिकृतका लागि जागिर खुल्याे

७७ जना अधिकृतका लागि जागिर खुल्याे


  • 10.6K
    Shares

    ७७ जना अधिकृतका लागि जागिर खुल्याे

    त्रिभुवन विश्वविद्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्य प्राविधिक सहायक गरी ७७ जनाका लागि विज्ञापन आह्वान गरेको छ। त्रिवि सेवा आयोगको कार्यालयले मंगलबार सूचना निकालेर १० जना प्राविधिक अधिकृत र ६७ जना मुख्य प्राविधिक सहायक मागेको हो।

    प्राविधिक अधिकृततर्फ ६ जना खुला, एक महिला, एक आदिवासी जनजाति, एक मधेसी र एक दलित कोटाका लागि विज्ञापन खुलेको छ। यस्तै मुख्य सहायकतर्फ ३७ जना खुला, १० जना महिला, आठ जनना आदिवासी जनजाति, सात जना मधेसी, तीन जाना दलित र एकएक जना अपांग तथा पिछडिएका क्षेत्रका लागि विज्ञापन खुलाइएको हो। अधिकृत तृतीय श्रेणीका लागि दुई हजार ८ सय र सहायक प्रथम श्रेणीका लागि दुई हजार दस्तुर लाग्नेछ।

    प्रकाशित मिति :आषाढ १५ २०७८ मंगलवार - १४:३१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij