२०८२ माघ १३ गते मंगलवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी विघटन गर्ने भएका छन्। बुधबार आयोजक कमिटीको बैठक बोलाएर त्यसैमा आयोजक कमिटीको विघटन गर्ने तयारी ओलीले गरेका हुन्।
आयोजक कमिटीको गठन प्रति नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको थियो।
उनीहरुले फागुन २३ मा सर्वोच्च अदालतको आदेशपछि भएका अध्यक्ष ओलीले एकलौटी रुपमा निर्णय गरेको भन्दै आरोप लगाउँदै आएका छन्।
चैत ७ गते पूर्व माओवादीबाट एमाले आएका नेताहरुलाई समेत राखेर आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकले २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो।
रामबहादुर थापा बादल पक्षले नेकपा एमालेको गठन गरिन लागेको राष्ट्रिय प्रतिनिधि परिषद्का लागि पूर्वमाओवादीका झण्डै ७ सय जनाको नाम पठाएको छ।
आगामी बुधबार एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको छ। सोही बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद विस्तार हुँदैछ।
परिषदमा पूर्वमाओवादीको तर्फबाट झण्डै ७ सयको नाम पठाएको नेता नविन रोकामगरले जानकारी दिए।
‘हामीले ७ सयको हाराहारीको नाम पठाएका छौँ,’ रोकामगरले भने, ‘त्यसमध्ये ५ सयलाई परिषद् सदस्य पठाएर बाँकीलाई प्रदेशमा पठाउँछौँ।’
शनिबार थापासहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, दावा तामाङ, गौरी शंकर चौधरी लगायतको बैठकले ती नाम टुंगो लगाएर पठाएको थियो।
एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्दैछ। राष्ट्रिय प्रतिनिधि परिषद केन्द्रीय समितिको मातहतमा रहने संरचना हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij