२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । आज बाट शुरू प्रतिनिधि सभा विटघटन सम्बन्धी रिटमा चर्को बहस हुन थालेको छ । अधिवक्ता गोविन्द बन्दीले संविधानको सबै धाराबाट केपी ओली नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने नियतका साथ निर्णय गरेको देखिएको दाबी गरेका छन् ।
संसद् विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासको आजको बहसमा भाग लिँदै उनले संसद्को विश्वास गुमाइसकेको व्यक्ति फेरि प्रधानमन्त्रीमा दाबी गर्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरे ।
'मध्यराति निर्णय गर्नुपर्ने जरुरी के थियो रु सरकारी कार्यालय साझ ५ बजे बन्द हुन्छ । राष्ट्रपति कार्यालयले यस्तो महत्त्वपूर्ण विषयमा मध्यराति निर्णय गर्नुपर्थ्यो ?,' उनले भने, 'हामीलाई प्रतिवाद गर्ने मौका समेत दिइएन । संविधानको सबै धाराबाट केपी ओली प्रधानमन्त्री बन्नुपर्छ भन्ने नियतका साथ निर्णय गरेको देखिन्छ । संसद्को विश्वास गुमाइसकेको व्यक्तिले फेरि प्रधानमन्त्रीमा दाबी गर्न मिल्छ कि मिल्दैन ?' मध्यरातलाई बूढापाकाले भूतले खाजा खाने बेला भन्ने गरेका छन् ।
आजको बहसमा भाग लिँदै अधिवक्ता गोविन्द बन्दीले संविधानको धारा ७६ (५) ले उपधारा ३ अनुसारको प्रधानमन्त्रीले उपधारा (४) अनुसार विश्वासको मत प्राप्त गर्न नसकेमा नियुक्त प्रधानमन्त्री भन्ने बुझ्ने तर्क गरेका छन् ।
उनले ७६(५) अनुसार आह्वान भएपछि पाँचजना पूर्वप्रधानमन्त्रीहरुसहित १४९ जना सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय पुग्नु नै विश्वसनीय आधार भएको तर्क गरेका छन् ।
“राष्ट्रपतिलाई यहाँभन्दा विश्वसनीय आधार के चाहियो श्रीमान् ?,” बन्दीको प्रश्न थियो, “केपी शर्मा ओलीबाहेकलाई प्रधानमन्त्री बनाउन नचाहेको होइन र ?”
उनले राष्ट्रपतिको इच्छा भए गर्ने नभए नगर्ने भन्ने हुँदैन भन्ने तर्क अघि सारेका छन् ।
“यहाँ त बहालवाला प्रधानमन्त्री नै मलाई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै पुगेका छन्,” उनले भने, “राष्ट्रपतिले मध्यरातमा नै किन निर्णय गर्नुपर्यो ? उहाँको नियत गलत थियो भन्ने आधार नै यही हो । राजनीतिक पार्टीको सहमति वा समर्थन म्यान्डेटरी नै छैन भने त्यसैलाई देखाएर आफ्नो नियत राष्ट्रपतिले पूरा गर्न पाउँछ श्रीमान् ?”
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij