२०८३ मंसिर १२ गते शनिवार
तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित डम्पिङ साइट क्षेत्रमा मर्स्याङ्दी नदीमा खसेर एक बालक बेपत्ता भएका छन्।
चितवनस्थित पारिजात सेकेन्डरी विद्यालयबाट शैक्षिक भ्रमण गरी फर्कने क्रममा मङ्सिर १२ गते साँझ करिब ६:२० बजे गाडी रोकेर शौचालय जाने क्रममा चितवनको भरतपुर महानगरपालिका–६ निवासी १५ वर्षीय अंकित गुरुङ सडकबाट तल मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका हुन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं २३ मनकामना गण तनहुँबाट खोजी कार्यको लागि टोली परिचालन गरिएको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
बेपत्ता बालकको खोजी तथा उद्धारका लागि चार जना गोताखोर सहितको सशस्त्र प्रहरी टोली घटनास्थलमा खटिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij