२०८३ मंसिर ११ गते शुक्रवार
काठमाडौं । पूर्व मुख्यसचिव एकनारायण अर्याललाई अदालतमा उपस्थित गराइएको छ । सीआईबीले उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो । म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
प्रहरीले उनलाई भारतमा पक्राउ गरेर मङ्सिर १० मा नेपाल ल्याएको थियो । बिहीबार प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा गैरकानुनी तरिकाले असुलेको रकम विदेश पठाएको कसुरमा अर्याल पक्राउ परेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij