Logo

२०८३ मंसिर ११ गते शुक्रवार

२०८३ मंसिर ११ गते शुक्रवार

Advertisement

Advertisement

नास्टका कर्मचारी अध्यादेशको विरोध गर्दै प्रदर्शनमा

नास्टका कर्मचारी अध्यादेशको विरोध गर्दै प्रदर्शनमा

images

  • 155
    Shares

    नास्टका कर्मचारी अध्यादेशको विरोध गर्दै  प्रदर्शनमा
    images

    काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीले विरोध प्रदर्शन गरेका छन्। 

    ऐन तथा नियमावलीका सम्बन्धमा सरोकारवालासँग कुनै छलफल नै नगरी अध्यादेश ल्याइएको भन्दै शुक्रबार नास्टको प्रांगणमा कर्मचारीले प्रदर्शन गरेका हुन्। विज्ञान प्रविधि तथा नवप्रवर्तन महावीर पुनले नैतिक जिम्मेवारी लिनुपर्ने उनीहरूको भनाइ छ। 

    नास्टको ऐन तथा नियमावली सरोकारवालासँग छलफल नगरी ल्याइएको र आफ्ना सुझाव बेवास्ता गरिएको उनीहरूको गुनासो छ। विरोध कार्यक्रममा बोल्दै प्राविधिक अधिकृत समुन्द्र कँडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको बताए। 

    सुधारका नाममा विद्यमान संस्था कमजोर पार्ने, विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्ने, दक्ष जनशक्ति पलायन गराउने कदम स्वीकार्य नहुने उनको भनाइ छ। अब बनाइने विज्ञान नीतिले देशको विज्ञान तथा अनुसन्धानको भविष्यको निर्धारण गर्नुपर्ने उनले बताए। 

    उनीहरूले नास्टको अध्यादेश तथा नियमावली वैज्ञानिकमैत्री नभएकाले तत्काल खारेज गर्न माग गरेका छन्। अध्यादेश र नियमावलीका नाममा भएको मनोमानी तथा नवनियुक्त समिति सदस्यलाई समेत जानकारीमा नराखी निर्णय गर्ने काम बन्द गर्न, संस्थामाथि मन्त्रालय र मन्त्रीको दबाब तथा हस्तक्षेप बन्द गर्न, सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली र नीति बनाउन आग्रह गरेका छन्। 

    त्यस्तै, संस्थाको सक्षम नेतृत्व खुला विज्ञापन र प्रतिष्पर्धाबाट चयन गर्न, साविकको ऐनअन्तर्गत नियुक्त सबै कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गर्न, कर्मचारीलाई थर्काउने, धम्क्याउने, मनोबल गिराउने काम बन्द गरी विश्वासमा लिन, देशभित्रका दक्ष जनशक्तिलाई विदेशिन बाध्य नपारी स्वदेशी प्रतिभालाई सम्मान र अवसर दिन माग गरेका छन्। 

    उनीहरूले विद्यमान संरचना ध्वस्त पारी विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्नुको सट्टा सुदृढ गर्न, नयाँ संरचनामा अनावश्यक खर्च गर्नुको सट्टा नास्टका सबै प्रयोगशालालाई सबल बनाइ अनुसन्धान बजेट बढाउन, संस्थाको स्वायत्तता सुनिश्चित गर्न आग्रह गरेका छन्। त्यस्तै, वैज्ञानिकले कुनै दवावबिना अनुसन्धान गर्ने वातावरण सिर्जना गर्न पनि आग्रह गरेका छन्। 
     

    प्रकाशित मिति :मंसिर ११ २०८३ शुक्रवार - १३:२७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij