Logo

२०८३ मंसिर ११ गते शुक्रवार

२०८३ मंसिर ११ गते शुक्रवार

Advertisement

Advertisement

होल्डिङ सेन्टरमा सरकारले बन्द गर्‍यो खाना, रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुमबासी

होल्डिङ सेन्टरमा सरकारले बन्द गर्‍यो खाना, रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुमबासी

images

  • 302
    Shares

    होल्डिङ सेन्टरमा सरकारले बन्द गर्‍यो खाना, रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुमबासी
    images

    काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीहरुले रित्तो थालसहित विरोध प्रदर्शन गरेका छन् । सरकारले खाना दिन बन्द गरेपछि उनीहरूले रित्तो थाल बजाउँदै विरोध जनाएका हुन् ।

    उनीहरूले सरकार विरोधी प्लेकार्ड पनि प्रदर्शन गरेका छन्। स्थानीय प्रशासनले सूचना जारी गरी आज २ बजेदेखि होल्डिङ सेन्टर खाली गर्न भनेको थियो।

    भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी परिवारलाई खाना र खानेपानीबाट समेत वञ्चित गरिएको छ ।

    उनीहरूलाई यसअघि शान्ति सेवा गृह नामक गैरसरकारी संस्थाले खाना खुवाउँदै आएको थियो । तर, संस्थाले शुक्रबार (मंसिर ११)देखि खाना उपलब्ध गराउन बन्द गरेको हो । सरकारको दबाबमा संस्थाले खाना उपलब्ध नगराएको सुकुम्वासीको आरोप छ ।

    कृषि तालिम केन्द्रमा बनाइएको होल्डिङ सेन्टर खाली गर्न सरकारले दिएको ‘अल्टिमेटम’सँगै खाना र पानी पनि रोकिएपछि बालबालिकासहित केही परिवार भोकै बस्न बाध्य भएका छन् ।

    “खाना, खानेपानी बन्द भयो । बालबालिकाहरू विद्यालय जानबाट समेत रोकिए,”  “सरकारका मान्छे कोही पनि आएका छैनन्, सरकराले वैकल्पिक व्यवस्था नगरेसम्म हामी कतै जाँदैनौँ, यहीँ बस्छौँ ।”

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार (मंसिर ९) लिखित सूचना टाँस्दै मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो । तर, वैकल्पिक व्यवस्थापनको टुंगो नलाग्दै खाना र पानी बन्द गरिँदा त्यहाँ आश्रित परिवार थप संकटमा परेका छन् ।

    प्रकाशित मिति :मंसिर ११ २०८३ शुक्रवार - १४:४४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij