२०८३ मंसिर ११ गते शुक्रवार
सिरहा । पूर्वमन्त्री तथा नेकपाका नेता मातृका प्रसाद यादवका नाति सन्तुलन कुमार यादव ठगीसम्बन्धी कसुरमा पक्राउ परेका छन्। पूर्वमन्त्री यादवकी छोरी सङ्गीता देवी यादवका छोरा करिब २५ वर्षीय सन्तुलनलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मिर्चैया नगरपालिका–६ निवासी यादवले सोही वडाका अली भन्ने गुलाम गौससँग आमा बिरामी रहेको समस्या देखाउँदै पटक–पटक गरी १३ लाख ७० हजार ७सय ५० रुपैयाँ ठगी गरेको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले पीडितबाट खल्ती एप, बैंक ट्रान्सफर तथा नगदमार्फत उक्त रकम लिएको प्रहरीको भनाइ छ।
पीडितले गुलाम गौले पटक–पटक रकम फिर्ता माग्दा यादवले आज भोलि भन्दै आश्वासन दिँदै आएको तर हालसम्म रकम फिर्ता नगरेको भन्दै प्रहरीमा उजुरी परेको जनाइएको छ। यादवले पीडित गुलामसँग मात्र नभई अन्य धेरैजनासँग लाखौं रकम ठगी गरेको आरोप लागेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij