Logo

२०८३ मंसिर ११ गते शुक्रवार

२०८३ मंसिर ११ गते शुक्रवार

Advertisement

Advertisement

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुई दिनपछि पक्राउ परे भागेका चालक

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुई दिनपछि पक्राउ परे भागेका चालक

images

  • 218
    Shares

    गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुई दिनपछि पक्राउ परे भागेका चालक
    images

    काठमाडौं । सिराहामा गाडीले ठक्कर दिएर भागेका एक चालकलाई प्रहरीले दुई दिनपछि पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा बा.प्र.०१-०२५ च ७३९६ नम्बरको स्कार्पिओका चालक ४२ वर्षीय बिहारी महरा रहेका जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। 

    यही मंसिर ८ गते साँझ ७ बजेतिर उनले पूर्वपश्चिम राजमार्गमा पर्ने गोलबजार नगरपालिका-४ निपनिया निवासी ५० वर्षीय वसन्त महरालाई ठक्कर दिएपछि बिहारी फरार थिए। 

    दुर्घटनामा गम्भीर घाइते भएका वसन्तको उपचारको क्रममा गोलबजार हेल्थकेय सिराहामा उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले ठक्कर दिने स्कार्पिओको खोजी गरेको थियो। 

    खोजीका क्रममा सिराहाकै धनगढीमाई नगरपालिका- ९ जिरोमाइलस्थित घरमा लुकाएर राखेको अवस्थामा स्कार्पिओसहित बिहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी रमेश बहादुर पालले जानकारी दिए। 

    घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :मंसिर ११ २०८३ शुक्रवार - १२:२५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij