Logo

२०८३ मंसिर ११ गते शुक्रवार

२०८३ मंसिर ११ गते शुक्रवार

Advertisement

Advertisement

२१ वर्षीया युवती कञ्चनपुरको महाकाली पुल नजिक मृत फेला

२१ वर्षीया युवती कञ्चनपुरको महाकाली पुल नजिक मृत फेला

images

  • 288
    Shares

    २१ वर्षीया युवती कञ्चनपुरको महाकाली पुल नजिक मृत फेला
    images

    काठमाडौं । बैतडीको पाटन नगरपालिका–२ सिलङ्गा घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा डेरा गरी बस्दै आएकी २१ वर्षीया कमला पाण्डे मृत फेला परेकी छन्।

    सुदूरपश्चिम विश्वविद्यालयमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत पाण्डे बुधबारदेखि सम्पर्कविहीन भएकी थिइन्। बुधबार अपरान्ह करिब ४:२० बजे दोधारा चाँदनी नगरपालिका–१ स्थित महाकाली नदीमाथिको चारलेन पक्की पुल क्षेत्रमा उनको झोला र मोबाइल फोन फेला परेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य सुरु गरेका थिए।

    खोजीका क्रममा गोताखोरसहित परिचालित सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बिहीबार दिउँसो पुल क्षेत्रबाट करिब एक किलोमिटर तल महाकाली नदीमा उनको शव फेला पारेको हो।

    मृतकको शव परीक्षण ९पोस्टमार्टम० का लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
    हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना।

    प्रकाशित मिति :मंसिर ११ २०८३ शुक्रवार - १०:५९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij