Logo

२०८३ मंसिर ११ गते शुक्रवार

२०८३ मंसिर ११ गते शुक्रवार

Advertisement

Advertisement

सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन महामन्त्री राणाको माग

सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन महामन्त्री राणाको माग

images

  • 302
    Shares

    सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन महामन्त्री राणाको माग
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुमबासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।

    सामाजिक सञ्जाल फेसबुकमा राणाले उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै लेखेका छन्, ‘घरबार गुमाएर त्यहाँ आश्रय लिइरहेका परिवार अब कहाँ जाने? यसको जवाफ दिने र उनीहरूको सुरक्षित बसोबासको व्यवस्था गर्ने जिम्मेवारी सरकारकै हो।’

    प्रभावित परिवारसँग संवाद गरेर सुरक्षित र सम्मानजनक पुनर्वासको व्यवस्था गर्नुपर्ने राणाको भनाइ छ। पुनर्वास नभएसम्म ती परिवारलाई होल्डिङ सेन्टरमै बस्न दिनुपर्ने उनले बताएका छन्।

    प्रकाशित मिति :मंसिर ११ २०८३ शुक्रवार - १०:४१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij