२०८३ मंसिर ७ गते सोमवार
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुई दिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका बेला प्रथम महिला सबिना भने काठमाडौँमै सांस्कृतिक कार्यक्रममा सहभागी भएकी छन् ।
प्रधानमन्त्री शाह आइतबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका थिए। यस पटक उनले राजकीय भ्रमणमा प्रथम महिलालाई पनि सँगै लैजाने परम्परालाई निरन्तरता दिएनन् ।
भारत भ्रमणमा नगएकी प्रथम महिला सबिना आइतबार साँझ ललितपुरको पाटन दरबार स्क्वायरस्थित कार्तिक डबली पुगेकी थिइन्। उनी ऐतिहासिक कार्तिक नाचको दशौँ दिन प्रस्तुत गरिएको नरसिंह अवतार अर्थात् हिरण्यकश्यपु वधसम्बन्धी नाच अवलोकन गर्न त्यहाँ पुगेकी हुन्।
उनीसँगै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल, बन्धन राणा र पूर्वकुमारी पनि कार्तिक नाच अवलोकनका लागि पाटन पुगेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij