Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

सफ्टी हाइजिनले पायो दोस्रो पटक उत्कृष्ट करदाता सम्मान

सफ्टी हाइजिनले पायो दोस्रो पटक उत्कृष्ट करदाता सम्मान


  • 435
    Shares

    • images
    सफ्टी हाइजिनले पायो दोस्रो पटक उत्कृष्ट करदाता सम्मान

    हेटौडा । आन्तरिक राजस्व कार्यालय मकवानपुरले सफ्टी हाइजिन प्रालिलाई आर्थिक वर्ष २०८२/८३ को आयकरतर्फ उत्कृष्ट करदाता सम्मान प्रदान गरेको छ । १५औँ राष्ट्रिय कर दिवसको अवसरमा सफ्टी हाइजिनले उत्कृष्ट करदाता सम्मान पाएको हो ।

    सफ्टी हाइजिनलाई आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत लक्ष्मी पराजुली र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, उद्योग वाणिज्य संघ हेटौडाका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईलगायतले सम्मान गरेका थिए । आयकरतर्फ लगातार दोस्रो वर्ष उत्कृष्ट करदाताको सम्मान ग्रहण गरेको कम्पनीका निर्देशक विजय पोखरेलले जानकारी दिए ।

    सफ्टी हाइजिनका अध्यक्ष यादव घिमिरेले कर तिर्नु भनेको कानुनी दायित्व मात्र नभई समग्र राष्ट्रको विकासमा योगदान पनि भएको बताए । उनले कर तिर्ने मात्र व्यवसाय नगरेको बताउँदै राष्ट्र निर्माणमा योगदान दिने जिम्मेवार उद्योग बन्न चाहेको बताए । घिमिरेले देशको आर्थिक समृद्धि केवल सरकारको प्रयासले सम्भव नहुने बताउँदै सरकार, निजी क्षेत्र र नागरिक समाजबिचको आपसी विश्वास, सहकार्य र जिम्मेवारी बोधले मात्र समृद्ध राष्ट्र निर्माण गर्न सकिने जिकिर गरे ।

    विगत ११ वर्षदेखि उपभोक्ता माझ सफ्टीका सेनेटरी प्याड, टिस्यु पेपर, डाइपर, बेबी वाइप्सजस्ता उत्पादनहरू कम्पनीले उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - १७:४८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij