Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जना पक्राउ

देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जना पक्राउ


  • 162
    Shares

    • images
    देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जना पक्राउ

    काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ।

    लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले काठमाडौं उपत्यका र सिन्धुलीका विभिन्न स्थानबाट ३९४ ग्राम १०० मिलिग्राम खैरो हेरोइन, २ लाख ५४ हजार रुपैयाँ नगद र दुई थान डिजिटल तराजुसहित नौ जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा काठमाडौं, चन्द्रागिरि, सिन्धुली, धनुषा, तनहुँ, गोरखा र सिराहाका व्यक्तिहरू रहेका छन्।

    त्यसैगरी, काठमाडौंको नागढुङ्गाबाट करिब ९८ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित एक जना पक्राउ परेका छन्। मोरङको जहदाबाट ७ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित चार जना पक्राउ परेका छन्।

    मकवानपुरको हेटौंडाबाट १२ किलो ६०० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्। सुनसरीको लौकहीबाट ब्राउनसुगरजस्तो पदार्थसहित चार जना पक्राउ परेका छन्। उनीहरूबाट क्रमशः ३८० मिलिग्राम र ४ ग्राम ५९० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

    यस्तै, भक्तपुरको कमलविनायकबाट ४४ ग्राम ७० मिलिग्राम पोलेन र ६५ ट्याब्लेट ट्रामाडोलसहित दुई जना पक्राउ परेका छन्।

    प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - १६:३१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij