Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

प्रतिनिधिमण्डलस्तरीय बैठक

नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु, प्रधानमन्त्री बालेन र मोदीबीच छलफल

नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु, प्रधानमन्त्री बालेन र मोदीबीच छलफल


  • 386
    Shares

    • images
    नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु, प्रधानमन्त्री बालेन र मोदीबीच छलफल

    काठमाडौं । नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ ।

    भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा सोमबार प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बैठक सुरु भएको हो । बैठकमा दुवै देशका उच्चपदस्थ अधिकारी तथा प्रतिनिधिहरू सहभागी छन् ।

    बैठकअघि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । त्यसअघि भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर प्रदान गरेको थियो । सो अवसरमा मोदीले शाहलाई न्यानो स्वागत गर्दै अंकमाल गरेका थिए ।

    त्यसपछि प्रधानमन्त्री शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरेका थिए ।

    बैठकपछि दिउँसो १२ः३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    त्यसैगरी दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा शाह सहभागी हुनेछन् । दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

    भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्ने र साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ ।

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - १२:०४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij