Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

खनियाँखर्कमा बोलेरो दुर्घटना, नौ जना घाइते

खनियाँखर्कमा बोलेरो दुर्घटना, नौ जना घाइते


  • 435
    Shares

    • images
    खनियाँखर्कमा बोलेरो दुर्घटना, नौ जना घाइते

    काठमाडौं । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकापीस्थत खनियाखर्कमा बोलेरो जिप दुर्घटना भएको छ । 

    सोमबार बिहान निशंखेबाट सिद्धिचरणको लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको जिप दुर्घटना हुँदा नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको हो । 

    प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा परी सिद्धिचरण नगरपालिका–२ बस्ने ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की,  १ वर्षीय रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, ७ वर्षीय आयुश मंग्राती, ७ वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, रमिला नेपालीका ६ वर्षीय छोरा प्रवीण मंग्राती र ३२ वर्षीया मिना मंग्राती रहेका छन् ।

     घाइतेहरूको जिल्लास्थित मिसन सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - १०:५७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij