Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

बरहथवा नगर अस्पतालमा गर्भवतीको मृ*त्युपछि आगजनी र तोडफोड

बरहथवा नगर अस्पतालमा गर्भवतीको मृ*त्युपछि आगजनी र तोडफोड


  • 400
    Shares

    • images
    बरहथवा नगर अस्पतालमा गर्भवतीको मृ*त्युपछि आगजनी र तोडफोड

    काठमाडौं । उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आफन्तले आगजनी र तोडफोड गरेका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

    बरहथवा नगरपालिका–५, हात्तीढुंगा पानिटंकी टोलकी २१ वर्षीया सीमा रामदेवीको उपचारका क्रममा मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन्। नौ महिनाकी गर्भवती उनी तीन दिनदेखि बिरामी थिइन् र बरहथवा नगर अस्पतालमा उपचाररत थिइन्।

    प्रहरीका अनुसार शनिबार साँझ करिब ६ बजे उपचारकै क्रममा उनी अचानक बेहोस भएकी थिइन्। चिकित्सकको लापरबाहीका कारण उनको अवस्था बिग्रिएको आरोप लगाउँदै आफन्तले अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी गर्नुका साथै तोडफोड गरेका थिए।

    त्यसपछि थप उपचारका लागि उनलाई चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले राति १० बजेर ५३ मिनेटमा मृत घोषणा गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।

    आगजनी र तोडफोडबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालका सूचना अधिकारी राजेश गुप्ताले जानकारी दिएका छन्। प्रहरीले आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जनाएको छ।

    घटनामा संलग्न रहेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ। आगजनीमा संलग्न रहेको आरोप लागेका अस्पतालका करार कर्मचारी धिरज महरा र सुरेश महरा भने फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको छ।

    घटनापछि अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। आइतबार बिहानसम्म अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    यद्यपि, गर्भवती महिलाको मृत्यु चिकित्सकीय लापरबाहीका कारण भएको हो वा होइन भन्ने विषयमा आधिकारिक पुष्टि भइसकेको छैन।

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - १०:०९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij