Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदै

दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदै


  • 232
    Shares

    • images
    दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौं । तत्कालीन आईजीपी दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ ।

    कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्बहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।

    यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई हटाउनुको कारण पेस गर्न सकारका नाममा आदेश जारी गरेको थियो । साथै अन्तरिम आदेशको विषयमा छलफलका लागि आज विपक्षी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई झिकाउने आदेश गरेको थियो ।

     

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - ०९:४६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij