२०८३ मंसिर ४ गते शुक्रवार
काठमाडौं । महोत्तरीमा एक महिलाको शव फेला परेको छ ।
शुक्रबार बिहान गौशाला नगरपालिका–१ सानो कुशमाडीस्थित उखुबारीमा स्थानीय ६५ वर्षीया विणामाया पुलामीको शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार, बिहिबार घाँस काट्न निस्केकी विणामाया शुक्रबार बिहान मृत फेला परेका हुन् । शवको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
‘गम्छाले घाँटी कसेको जस्तो देखिन्छ । सुक्ष्म अनुसन्धान थालेका छौं,’ प्रहरी निरीक्षक विश्वकर्माले भने । उनका अनुसार, घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर घटनास्थलमा परिचालन गरिएको छ ।
‘प्रहरीको तालिम प्राप्त कुकुर पनि घटनास्थलमा परिचालन गरिएको छ,’ उनले भने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij