Logo

२०८३ मंसिर ५ गते शनिवार

२०८३ मंसिर ५ गते शनिवार

ग्यासको बढी मूल्य असुल्ने स्टोरमाथि कारबाही

ग्यासको बढी मूल्य असुल्ने स्टोरमाथि कारबाही


  • 407
    Shares

    • images
    ग्यासको बढी मूल्य असुल्ने स्टोरमाथि कारबाही

    काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

    उपभोक्ताले हेलो सरकारको वेब पोर्टल (टिकट नं. HS-WEB-188...) मार्फत ग्यास सिलिन्डरको मूल्य बढी लिइएको भनी गुनासो दर्ता गराएका थिए । सोही गुनासोका आधारमा हेलो सरकारको समन्वयमा विभागको टोलीले सम्बन्धित स्टोरमा अनुगमन गरेको थियो ।

    अनुगमनका क्रममा कैफियत भेटिएपछि उक्त स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हेलो सरकारले जानकारी दिएको छ । हेलो सरकारले विश्वास गरी गुनासो पठाउने गुनासोकर्ता र तत्काल कारबाही प्रक्रिया अगाडि बढाएर सकारात्मक सहकार्य गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई धन्यवादसमेत ज्ञापन गरेको छ ।

    सरकारले उपभोक्ता ठगिने वा कुनै सार्वजनिक सेवामा समस्या आएमा हेलो सरकारको निःशुल्क फोन सेवा ११११ वा अनलाइन पोर्टलमार्फत गुनासो टिपाउन आग्रह गर्दै आएको छ ।

     

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - १०:२८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij