Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

१ करोड ६७ लाख नगदसहित ३ जना पक्राउ

१ करोड ६७ लाख नगदसहित ३ जना पक्राउ


  • 603
    Shares

    • images
    १ करोड ६७ लाख नगदसहित ३ जना पक्राउ

    काठमाडौं । प्रहरीले ललितपुर महानगरपालिका–२ स्थित नख्खुबाट १ करोड ६७ लाख नगद बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले मंगलबार दिउँसो स्रोत नखुलेको नगद बरामद गरेको हो । 

    नगदसहित ३ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए ।

    पक्राउ पर्नेमा भोजपुरको भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका–१० घर भएका ३२ वर्षीय जयराम केसी र काठमाडौँको बानेश्वर घर भएका प्रज्वल रिजाल छन् ।

    बागमती प्रदेश–०१–०२७ च २७६५ नम्बरको भ्यानमा रकम लिएर हिँडिरहेको अवस्थामा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरू पशुपतिनाथ पराग सप्लायर्समा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो कम्पनीका सञ्चालक भगवान शाह हुन् ।

    आरोपीहरूले रकमको स्रोत खुलाउन सकेका छैनन् । उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

     

    प्रकाशित मिति :मंसिर १ २०८३ मंगलवार - १६:०४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij