Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

‘अक्वान’ चक्रवातको असर नेपालमा नपर्ने मौसमविद्को भनाइ

‘अक्वान’ चक्रवातको असर नेपालमा नपर्ने मौसमविद्को भनाइ


  • 498
    Shares

    • images
    ‘अक्वान’ चक्रवातको असर नेपालमा नपर्ने मौसमविद्को भनाइ

    काठमाडौं । दक्षिण तथा पश्चिम-मध्य बंगालको खाडीमा विकसित ‘अक्वान’ नामको चक्रवातको असर नेपालमा नपर्ने मौसमविद्ले बताएका छन्।

    भारतको मौसम विज्ञान विभागका अनुसार उक्त चक्रवात नोभेम्बर १७ साँझसम्म तीव्र आँधीमा परिणत हुने र नोभेम्बर १९ बिहानसम्म अत्यन्तै गम्भीर चक्रवाती आँधी बन्न सक्ने सम्भावना छ। चक्रवात नोभेम्बर २० दिउँसो आन्ध्र प्रदेशको तटीय क्षेत्रमा नेल्लोर र टुनी तथा यानमको बीचमा जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ।

    यस अवधिमा हावाको गति प्रतिघण्टा १२० देखि १३० किलोमिटरसम्म पुग्ने र अधिकतम वेग १४५ किलोमिटर प्रतिघण्टासम्म हुन सक्ने भारतीय मौसम विभागले जनाएको छ। चक्रवातको प्रभावले नोभेम्बर २२ सम्म भारतका विभिन्न क्षेत्रमा वर्षा हुने अनुमान छ।

    तर, नेपालमा भने यसको प्रभाव नदेखिने मौसमविद्ले बताएका छन्। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् माधवी सिग्देलले अहिलेसम्मको अध्ययन र विश्लेषणले चक्रवातको असर नेपालमा पर्ने सम्भावना नदेखिएको बताइन्। उनका अनुसार सबै चक्रवातको प्रभाव नेपालमा पर्दैन र ‘अक्वान’ले पनि आगामी दिनमा नेपालमा असर गर्ने सम्भावना छैन।

    यस्तो रहनेछ पाँच दिनको मौसम

    मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पाँचदिने मौसम प्रक्षेपणअनुसार मंसिर १ देखि ५ गतेसम्म देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    यस अवधिमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका केही हिमाली तथा पहाडी स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

    मंसिर २ गतेपछि कोशी र मधेश प्रदेशका केही क्षेत्रमा पनि आंशिक बदली रहने अनुमान छ। यस्तै, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

    मंसिर ४ र ५ गतेसम्म देशका विभिन्न प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

    प्रकाशित मिति :मंसिर १ २०८३ मंगलवार - १३:१९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij