२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यसहित यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय अभियान यस वर्ष मंसिर ९ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्यका लागि एकजुट बनौँ : न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ तय गरिएको छ । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘युनाइट टु इन्ड भोइलेन्स अगेन्स्ट ओमेन एन्ड गर्ल्स: इन्सियोर जस्टिस, प्रोटेक्स सर्भाभर्स, इन्ड इम्प्युनिटी’ रहेको छ।
त्यस्तै, नेपालको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ रहेको छ । अभियानमार्फत महिला तथा बालिकामाथि हुने सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने, पीडितको संरक्षण गर्ने तथा न्यायमा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।
लैङ्गिक हिंसा अन्त्यका लागि राज्यका निकाय, नागरिक समाज, समुदाय तथा सरोकारवाला सबै पक्षको साझा प्रयास र सक्रिय सहभागिता आवश्यक रहेको सन्देश अभियानले दिनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij