२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।
कार्कीले गत २० कात्तिकमा रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्च अदालतले तिहार बिदापछि ३० कात्तिकमा सुनुवाइको मिति तोकेको थियो । तर सरकारले उक्त दिन छठ पर्वको बिदा दिएपछि सुनुवाइ स्वतः सरेको थियो ।
तिहार र छठ बिदापछि मंगलबार अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि प्रारम्भिक सुनुवाइको मिति निर्धारण गरेको हो । बुधबार एक न्यायाधीशको इजलासमा कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।
सरकारले गत १८ कात्तिकमा प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।
मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी भएको र आफू अन्यायमा परेको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij