Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

भाटभटेनीको टंगाल शाखा अब २४ सै घण्टा खुला

भाटभटेनीको टंगाल शाखा अब २४ सै घण्टा खुला


  • 260
    Shares

    • images
    भाटभटेनीको टंगाल शाखा अब २४ सै घण्टा खुला

    काठमाडौं । भाटभटेनी सुपरस्टोरको काठमाडौंस्थित टंगाल शाखा आजदेखि चौबिसै घण्टा सञ्चालनमा आएको छ।

    ग्राहकले रातिको समयमा समेत सहज रूपमा किनमेल गर्न सकून् भन्ने उद्देश्यले शाखालाई २४ घण्टा खुला गरिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी दिएका छन्।

    यसअघि भक्तपुरको राधेराधे शाखाबाट भाटभटेनीले चौबिसै घण्टे सेवा सुरु गरेको थियो। अब टंगाल शाखाबाट पनि ग्राहकले आफ्नो अनुकूल समयमा किनमेल गर्न सक्नेछन्।

    ४२ वर्षअघि काठमाडौंको टंगालबाट व्यवसायी मिनबहादुर गुरुङले सुरु गरेको भाटभटेनीका हाल देशभर २७ वटा स्टोर सञ्चालनमा छन्। कम्पनीले वार्षिक करिब ३२ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ भने २२ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ।

    गत वर्ष भदौमा भएको जेनजी आन्दोलनका क्रममा टंगालसहित भाटभटेनीका १२ वटा स्टोरमा आगजनी, लुटपाट तथा तोडफोड भएको थियो। आन्दोलनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त टंगाल शाखाको पुनर्निर्माणपछि गत असोज ५ गतेदेखि पुनः सञ्चालनमा ल्याइएको थियो।

    अब चौबिसै घण्टा सेवा सुरु भएसँगै ग्राहकले रातिको समयमा पनि टंगाल शाखाबाट किनमेल गर्न पाउने भएका छन्।

    प्रकाशित मिति :मंसिर १ २०८३ मंगलवार - ०९:५२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij