Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

तुलसीपुरमा जुवातास खेलिरहेका १५ जना पक्राउ

तुलसीपुरमा जुवातास खेलिरहेका १५ जना पक्राउ


  • 99
    Shares

    • images
    तुलसीपुरमा जुवातास खेलिरहेका १५ जना पक्राउ

    काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा जुवातास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    स्थानीय तेजबहादुर डाँगीको घरबाट गएराति साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    जुवाखालबाट प्रहरीले नगद ५ लाख ३० हजार २४५ रुपैयाँ र १२ बुक तास पनि बरामद गरेको जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा राखिएको छ ।

    यसअघि यही कात्तिक २८ गते पनि दाङको घोराही उपमहानगरपालिका १८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेका ९ जना र घोराही उपमहानगरपालिका १५ जानकी टोलस्थित भुपबहादुर डाँगीको घरमा जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।  

     

    प्रकाशित मिति :कार्तिक ३० २०८३ सोमवार - ०९:३८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij