Logo

२०८३ कार्तिक २६ गते बिहिवार

२०८३ कार्तिक २६ गते बिहिवार

वीरगन्जमा छठ पर्वका व्रतालु महिलालाई साडी वितरण

वीरगन्जमा छठ पर्वका व्रतालु महिलालाई साडी वितरण


  • 288
    Shares

    वीरगन्जमा छठ पर्वका व्रतालु महिलालाई साडी वितरण
    images

    काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा छठ पर्व मनाउने ३५० जना महिलालाई नयाँ साडी तथा गहुँको पीठो वितरण गरिएको छ।

    पूर्वमन्त्री प्रदीप यादवको पहलमा रुंगटा वेयलफेयर सोसाइटीले बिहीबार आर्थिक रूपमा विपन्न, दलित तथा अन्य समुदायका महिलालाई साडी र पीठो वितरण गरेको हो।

    सोसाइटीका अध्यक्ष सुरेश रुंगटाका अनुसार प्रत्येक महिलालाई एक–एक थान साडी र छठ पूजाको प्रसाद बनाउन दुई–दुई किलो गहुँको पीठो प्रदान गरिएको छ।

    छठ पर्व धार्मिक आस्थासँगै मानवीय सहयोग र सद्भावको पर्व पनि भएकाले आर्थिक रूपमा कमजोर समुदायका महिलासँग पर्वको खुसी बाँड्न पाउँदा गर्व लागेको अध्यक्ष रुंगटाले बताए।

    उनले सोसाइटीले आगामी दिनमा पनि विपन्न, असहाय तथा सहयोग आवश्यक भएका व्यक्तिहरूलाई लक्षित गरी सामाजिक तथा मानवसेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

    यसअघि गत मंगलबार पनि सोसाइटीले वीरगन्ज कारागारमा रहेका ६३ जना महिला कैदीबन्दीलाई छठ पर्व मनाउन एक–एक थान साडी वितरण गरेको थियो।

    प्रकाशित मिति :कार्तिक २६ २०८३ बिहिवार - १४:०३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij