Logo

२०८३ कार्तिक २६ गते बिहिवार

२०८३ कार्तिक २६ गते बिहिवार

भीमफेदीमा इभी दुर्घटना : ३ वर्षीय बालकसहित तीन घाइते हेटौंडा अस्पतालमा

भीमफेदीमा इभी दुर्घटना : ३ वर्षीय बालकसहित तीन घाइते हेटौंडा अस्पतालमा


  • 295
    Shares

    भीमफेदीमा इभी दुर्घटना : ३ वर्षीय बालकसहित तीन घाइते हेटौंडा अस्पतालमा
    images

    काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा भएको यात्रुवाहक इभी दुर्घटनामा घाइते भएकामध्ये तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।

    घाइते हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र ३ वर्षीय सुदन यादव रहेका छन् ।

    अस्पताल ल्याइएका मुकेशको टाउको र ढाडमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । त्यस्तै, सक्षमको शरीरमा भित्री चोट लागेको र अवस्था सामान्य रहेको जनाइएको छ ।

    सुदनको टाउको र मुखमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

    मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको उक्त इभी काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गर्दा भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट करिब ५०० मिटर तल खसेको थियो ।

     

    प्रकाशित मिति :कार्तिक २६ २०८३ बिहिवार - ०९:४५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij