२०८३ कार्तिक २६ गते बिहिवार
काठमाडौँ । देशको हिमाली तथा पहाडी भूभागमा आज आंशिक बदली रहने भएको छ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
हाल नेपालमा माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । सोही प्रणालीका कारण हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने र केही स्थानमा हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij