२०८३ कार्तिक २४ गते मंगलवार
काठमाडौं । उदयपुरमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । त्रियुगा नगरपालिका–१३, बहेर्वाचोकस्थित मदन भण्डारी लोकमार्गमा माइक्रोबस दुर्घटना हो ।
मंगलबार (कात्तिक २४) दिउँसो करिब १२ः४० बजे प्र.१–०२–००१ ज ४६२१ नम्बरको माइक्रो अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–३२ का ४२ वर्षीय कृष्ण केसीले चलाएको उक्त गाडीमा चालकसहित ११ जना सवार थिए । उनीहरूमध्ये १० जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते हुनेमा चालक केसीसहित उदयपुर, झापा, मोरङ र सुनसरीका यात्रु छन् । घाइते सबैलाई उपचारका निम्ति जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij