२०८३ कार्तिक २४ गते मंगलवार
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवल्दार मृत भेटिएका छन् ।
गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत करिब ३६ वर्षीय अर्जुन गुरुङ सोमबार बिहान झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार गुरुङ बिहान करिब ४ः३० बजे ओमनगरस्थित एक घरनजिकै रहेको जस्ताको ट्रसमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
बिहान हिँड्न निस्किएका एक व्यक्तिले उनलाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट सुसाइड नोटसमेत फेला परेको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij