२०८३ कार्तिक २२ गते आइतवार
काठमाडौं । धनकुटामा कौडा खेलेको आरोपमा १५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पाख्रिबास नगरपालिका(४ स्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा १५ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले जुवा खेल भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो ।
प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा १६ वटा कौडासहित नगद १६ हजार ५ सय रुपैयाँ बरामद गरेको जनाएको छ । पक्राउ परेका १५ जनाको साथबाट थप २ लाख ९६ हजार ८ सय रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुबाट कुल ३ लाख १३ हजार ३ सय रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्री जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij