Logo

२०८३ कार्तिक २२ गते आइतवार

२०८३ कार्तिक २२ गते आइतवार

६ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

६ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे


  • 204
    Shares

    ६ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे
    images

    काठमाडौं । पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् ।

    मादी गाउँपालिका-१ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख (कात्तिक १५-२० गते) सम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका छन् । यस आधारमा सिक्लेसमा दैनिक औसत ५२४ जना पर्यटक भित्रिएका उनले बताए ।

    गाउँ पुगेका पर्यटकमध्ये अधिकांशले सिक्लेसको बसाइँपछि प्रख्यात पर्यटकीय गन्तव्य कोरी तथा हिमनदी तालक्हफुचेतर्फ पदयात्रा तय गर्ने वडाध्यक्ष गुरुङले जानकारी दिए । छ दिनको पर्यटक आवागमनको विवरणअनुसार सबैभन्दा बढी पर्यटक कात्तिक १८ गते सिक्लेस पुगेका छन् । सो दिन एकैपटक ७१९ जना पर्यटक गाउँ पुगेका थिए भने सबैभन्दा कम कात्तिक १५ गते २५४ जना यहाँ पुगेका वडाध्यक्ष गुरुङले जानकारी दिए ।

    पर्यटकको यस्तो उत्साहजनक आगमनले स्थानीय होटल तथा घरबास ९होमस्टे० व्यवसायीमा नयाँ उत्साह थपेको उनले बताए । कास्कीको सदरमुकाम पोखराबाट करिब ३८ किमीको दूरीमा पर्यटकीय गाउँ सिक्लेस अवस्थित छ । यस गाउँमा करिब ४०० घरधुरी छन् । यहाँ गुरुङ समुदायको बाहुल्यता छ ।

     

    प्रकाशित मिति :कार्तिक २२ २०८३ आइतवार - १३:१६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij