२०८३ कार्तिक २२ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् ।
तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना दिँदै उनले यस्तो जानकारी दिएका हुन् ।
उनले भनेका छन्– उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस्। यी पर्वले परिवार, समाज र समुदायबिचको प्रेम, सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउँदै विविधताबिचको हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाउन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij