Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

प्रधानमन्त्री बालेनले लिए सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ

प्रधानमन्त्री बालेनले लिए सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ


  • 463
    Shares

    प्रधानमन्त्री बालेनले लिए सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ
    images

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

    बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग छलफल गरेका हुन्।

    छलफलमा चाडपर्वका बेला नागरिकको सुरक्षा व्यवस्था तथा मुलुकको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे जानकारी लिइएको थियो।

    प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको समन्वय, सूचना आदानप्रदान तथा सहकार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

    त्यस्तै, नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र सुरक्षा व्यवस्थालाई थप चुस्तदुरुस्त बनाउन सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

     

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १५:२५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij