२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले आयकर ऐनका केही प्रावधान लागू नहुने व्यवस्था भए अधिकांश ग्यास उद्योग एकआपसमा गाभिन सक्ने जनाएको छ।
सङ्घले बिहीबार नेपाल आयल निगमलाई पत्र लेख्दै आयकर ऐन, २०५८ को दफा ५७ र ९५ (क) आकर्षित नहुने व्यवस्था मिलाउन माग गरेको हो।
निगमले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ मा विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगलाई एकआपसमा गाभ्ने नीति अघि सारेको थियो। सोहीअनुसार निगमले उद्योगहरूलाई कार्ययोजना बनाएर मर्जर प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो।
सङ्घका महासचिव अमित अग्रवालले आयकर ऐनका उक्त दफाहरू आकर्षित नहुने व्यवस्था निगममार्फत मिलाउन सके अधिकांश ग्यास उद्योग एकआपसमा गाभिन तयार रहेको बताएका छन्।
उद्योगहरूबीच मर्जर प्रक्रिया अघि बढाउन करसम्बन्धी कानुनी व्यवस्था बाधक हुन सक्ने सङ्घको भनाइ छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij