Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

बागमती प्रदेशका १४२ शाखा अधिकृतको एकैपटक सरुवा

बागमती प्रदेशका १४२ शाखा अधिकृतको एकैपटक सरुवा


  • 442
    Shares

    बागमती प्रदेशका १४२ शाखा अधिकृतको एकैपटक सरुवा
    images

    काठमाडौं । बागमती प्रदेश सरकारले १४२ जना वरिष्ठ शाखा अधिकृत तथा शाखा अधिकृतको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत सातौँ र आठौँ तहका अधिकृतहरूको सरुवा गरेको हो। कात्तिक १८ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, निर्देशनालय, आयोग तथा मातहतका कार्यालयमा उनीहरूको जिम्मेवारी तोकिएको छ।

    सरुवाअन्तर्गत सबैभन्दा धेरै ७९ जना अधिकृतलाई उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्रालय र मातहतका कार्यालयमा पदस्थापन गरिएको छ। त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रशासनिक समन्वय तथा अनुगमनका लागि अधिकृतहरू खटाइएको छ।

    आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा शान्ति सुरक्षा, कानुन निर्माण र सहकारी प्रशासन हेर्ने गरी तथा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयमा सम्बन्धित क्षेत्रको व्यवस्थापनका लागि अधिकृतहरू पठाइएको छ।

    त्यसैगरी, प्रदेश लोकसेवा आयोग, प्रदेश सभा सचिवालय, प्रदेश नीति तथा योजना आयोग, प्रदेश सुशासन केन्द्र र प्रदेश किताबखानालगायत निकायमा पनि अधिकृतहरूको पदस्थापन गरिएको छ।

    यस सरुवामा सबैभन्दा कम भौतिक पूर्वाधार विकास मन्त्रालयमा एक जना अधिकृत मात्रै पदस्थापन भएका छन्।

     

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १३:१३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij