Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

सुन–चाँदीका सिक्का किन्न सर्वसाधारणको घुइँचो (तस्बिरसहित)

सुन–चाँदीका सिक्का किन्न सर्वसाधारणको घुइँचो (तस्बिरसहित)


  • 414
    Shares

    सुन–चाँदीका सिक्का किन्न सर्वसाधारणको घुइँचो (तस्बिरसहित)
    images

    काठमाडौं । तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री सुरु गरेसँगै खरिद गर्ने सर्वसाधारणको भीड लागेको छ।

    बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखा अगाडि सिक्का खरिद गर्न चाहनेहरूको लामो लाइन लागेको छ। राष्ट्र बैंकले आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन तथा चाँदीका सिक्का बिक्री गर्ने व्यवस्था मिलाएको छ। बिक्री आज र भोलि दुई दिनसम्म सञ्चालन हुनेछ।

    तिहारमा सुन–चाँदीका सिक्का खरिद गरी लक्ष्मीका रूपमा पूजा गर्दा शुभ हुने धार्मिक विश्वासका कारण सर्वसाधारण सिक्का किन्न पुग्ने गरेका छन्।

    राष्ट्र बैंकका अनुसार एक व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका बढीमा तीनवटासम्म चाँदीका मेडालियन खरिद गर्न सक्नेछन्।

    सिक्का खरिद गर्न इच्छुकले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।

    taksar-mahasakha-784_viGm0DuuNg-Photoroom.png

    taksar-mahasakha22.png

    taksar-mahasakha-793_onRuwtKdc8-Photoroom.png

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १२:०९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij