२०८३ कार्तिक १६ गते सोमवार
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाइएको छ। नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रमअनुसार ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाएको हो।
निगमले गत कात्तिक १२ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाएर प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।
विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका ग्यास उद्योग गाभिँदा बिक्री वितरण प्रणाली व्यवस्थित हुनुका साथै उपभोक्तालाई ग्यास आपूर्ति सहज हुने निगमको अपेक्षा छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij