Logo

२०८३ कार्तिक १० गते मंगलवार

२०८३ कार्तिक १० गते मंगलवार

महँगियो अमेरिकी र अस्ट्रेलियन डलर, आजको भाउ कति ?

महँगियो अमेरिकी र अस्ट्रेलियन डलर, आजको भाउ कति ?


  • 316
    Shares

    महँगियो अमेरिकी र अस्ट्रेलियन डलर, आजको भाउ कति ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ। 

    हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका मुद्राको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो लगायत मुद्रा भने महँगिएका थिए। 

    आज अमेरकी डलर १ को खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा छ। हिजो अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा थियो।

    गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

    त्यसैगरी आज युरो १ को खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा छ। हिजो युरो १ को खरिददर १६९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा थियो। 

    आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो  पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५६ पैसा थियो। 

    आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा थियो। 

    त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४५ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १९ पैसा थियो। 

    आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ५३ पैसा थियो। 

    त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। 

    प्रकाशित मिति :कार्तिक १० २०८३ मंगलवार - ०७:०५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij