२०८३ कार्तिक १० गते मंगलवार
काठमाडौँ । देशमा पश्चिमी वायुको प्रभावका कारण आगामी दिनमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ। बुधबार देशभर साधारणतया बादल लाग्ने र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ।
बिहीबार भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा र हिमपात हुन सक्नेछ।
कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij