Logo

२०८३ कार्तिक ८ गते आइतवार

२०८३ कार्तिक ८ गते आइतवार

आज विदेशी मुद्राहरुको विनिमयदर कति ?

आज विदेशी मुद्राहरुको विनिमयदर कति ?


  • 449
    Shares

    आज विदेशी मुद्राहरुको विनिमयदर कति ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ। 

    शनिबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर बढ्दा युरो, कुवेती दिनारसहितका मुद्रा सस्तिएका थिए। 

    आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा छ। हिजो पनि अमेरकी डलरको विनिमयदर थियो।

    गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

    त्यसैगरी आज युरो १ को खरिददर १७९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। 

    आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा छ। त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १९ पैसा छ। 

    आज बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। 

    प्रकाशित मिति :कार्तिक ८ २०८३ आइतवार - ०५:४४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij