२०८३ कार्तिक ९ गते सोमवार
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो ।
महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ३ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार ४० रुपैयाँले बढेर ३ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ३ सय ४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ ।
खत्रीको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। पोस्टमार्टम रिपोर्ट, प्राप्त हुने अन्य प्रमाण र अनुसन्धानबाट खुल्ने तथ्यका आधारमा मृत्युको कारण यकिन हुने एसपी कटवालले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij